मेलबर्न । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले विहीवारदेखि नयाँ सदस्यता वितरणका लागि दर्ता प्रक्रिया खुला गरेको छ ।

विहीवारदेखि पुराना सदस्यहरुले नवीकरण गर्न र नयाँ सदस्यता प्राप्त गर्न इच्छुकहरुका दर्ता प्रक्रिया खुल्ला गरिएको हो । अनलाईनमार्फत नै सस्यता लिन, यसका लागि आवश्यक कागजात अपलोड गर्न र शुल्क समेत तिर्न सकिने व्यवस्था मिलाइएको छ ।

एनआरएन अष्ट्रेलियाको नयाँ सदस्यता लिन २ वर्षका लागि २५ डलर शुल्क तोकिएको छ । यसरी सदस्यहरुबाट लिइने सदस्यता शुल्कबाट कल्याणकारी कोष, एनआरएन आईसीसी, एनआरएन एनसीसी र एनआरएन एससीसीका लागि खर्चिने एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेलले बताउँनुभयो ।

अघिल्लो पटक करिब ५ हजारको हाराहारीमा सदस्यता थियो । करिब एक लाख नेपालीको बसोबास रहेको भनिएको अष्ट्रेलियामा जम्मा ५ हजार सदस्य रहेको भन्दै एनआरएनको आलोचना भएपछि यस पटक सदस्यता बनाउने कार्यलाई अभियानकै रुपमा अघि बढाउन लागिएको सचिव टोनु घोतानेले जानकारी दिनुभयो । सबै स्टेटमा सदस्य बन्नका लागि आह्वान सुरु गरिसकिएको जानकारी दिदै उहाँले अष्ट्रेलियामा स्थायी रुपले बसोबास गर्ने सबै नेपालीलाई सदस्य बनाउने लक्ष्य लिइएको उल्लेख गनुभयो । यस पटक कम्तिमा १० हजार सदस्य बनाउने लक्ष्य राखिएको घोतानेले बताउनुभयो ।

कसरी लिने सदस्यता ?

सदस्य बन्नका लागि इच्छुकहरुले एनआरएन अष्ट्रेलियाको वेवसाईटमा गएर सदस्यता आवेदन भर्नुपर्नेछ । यस पटकदेखि विद्यार्थीहरुका लागि एशोसिएट सदस्यता दिने तयारी समेत गरिएको छ । तर उनीहरुलाई मतदान गर्ने अधिकार भने हुने छैन । विद्यार्थीले एकजनाले १० डलर तिरेर एशोसिएट सदस्य हुन सक्नेछन् भने परिवारकै सदस्यताको लागि २० डलर शुल्क तोकिएको छ ।

यसैगरी परिवार आजीवन सदस्यताको ५ सय डलर, व्यक्तिगत आजीवन सदस्यताको २ सय ५० डलर शुल्क राखिएको छ भने दुई वर्षको साधारण सदस्यता शुल्क परिवारका लागि ५० डलर र व्यक्तिगत २५ डलर तोकिएको छ । यहाँ क्लिक गरेर एनआरएन अष्ट्रेलियाको सदस्य बन्न सकिनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments