एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।

बुधबार राति भएको दोस्रो लेगमा फ्रेन्च क्लब मोनाकोसँग ३–१ ले पराजित भएपछि म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको जारी सिजनबाट बाहिरिएको हो । समग्रमा ६–६ को बराबरी भएको खेलमा अवे गोलका आधारमा म्यानचेस्टर सिटीलाई पछि पार्दै मोनाको क्वाटरफाइनलमा पुग्न सफल भयो । घरेलु मैदानमा भएको पहिलो लेगमा राम्रो प्रदर्शन गरेको सिटीले मोनाकोको मैदानमा भएको दोस्रो लेगमा भने राम्रो गर्न सकेन । नतिजास्वरुप अन्तिम १६ बाटै बाहिरिन बाध्यभयो ।

मोनाकोको जितमा केलियन एमबाप्पे, टावारेस र टिमोयु बाकायोकोले गोल गरे । सिटीका लागि लिरोय सानेले गोल गरे । आठौं मिनेटमा नै एमबाप्पेले गोल गर्दै मोनाकालाई सुरुवाति अग्रता दिलाए । २९ औं मिनेटमा टावारेसले गोल गरेपछि पहिलो हाफमा मोनाकोले २–० को अग्रता लियो । ७१ औं मिनेटमा रहिम स्ट्रलिङको पासमा सानेले सिटीका लागि एक गोल फर्काए ।

तर त्यसपछिको समय सिटीका लागि घातक बन्यो । ७७ औं मिनेटमा बाबायोकोले गोल गर्दै मोनाकोलाई जित दिलाए ।

सानेले गरेको एक मात्र अवे गोल सिटीलाई अघिल्लो चरण र्पुयाउनका लागि पर्याप्त भएन । सिटी गएको सिजन म्यनुएल पेलिग्रिनीको प्रशिक्षणमा च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो ।

बार्सिलोनाको प्रशिक्षक रहँदा दुई पटक यो प्रतियोगिताको उपाधि जितेका गार्डिवलाले सिटीलाई बार्सिलोनाकै बाटोमा र्डोयाउन सकेनन् । गार्डिवला आफ्नो प्रशिक्षक करिअरमा च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको यो पहिलो पटक हो ।

Comments

comments