मेलबर्न । भिसा र नागरिकता प्रक्रियाको समायावधि र आफ्नो कागजी प्रक्रियाको अवस्था अनलाइनबाट बुझ्न सकिने भएको छ ।

अष्ट्रेलियन सरकारको माइग्रेसन ब्लग र भिसा फाइनडर वेबसाइटबाट यो सेवा लिन सकिने भएको हो ।

यो सेवा अनुसार आफूले पेश गरेको निवेदन कहाँ पुग्यो र कति समय लाग्नेछ भन्नेमा जानकारी लिन सकिन्छ । यसको लागि निवेदनमा पूर्णता हुनुपर्नेछ । त्यस्तै विषय (केस) को आधारमा निवेदन अगाडि बढ्छ ।

प्रक्रियामा लाग्ने निश्चित समयावधी यी कुराहरुको आधारमा फरक पर्न सक्छ :

१. सबै आवश्यक कागजातहरु छन् कि छैनन् ,

२. सोधिएको अतिरिक्त जानकारी तपाईले कति छिटो दिनुहुन्छ

३. आवश्यक शुल्क भुक्तानी समयावधि

४, अन्य विभाग वा क्षेत्रसँग लिनुपर्ने जानकारीको समय, जस्तै ः स्वास्थ्य , चारित्रिक प्रमाण, सुरक्षा आदि

५, बसाई सराई उपलब्ध भएका ठाउँहरुको संख्या

६.निवेदनका संख्याहरू

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Please follow and like us:

Comments