मेलबर्न। हवाई यात्राको क्रममा यात्रुको हेडफोन पड्किए संगै अष्ट्रेलियाका अधिकारीहरुले हवाई यात्रामा हेडफोन प्रयोग गर्दा अष्ट्रेलियावासीहरुलाई सतर्क रहन निर्देश गरेका छन् ।
बेइजिङ्ग देखि मेलबर्न सम्मको हवाई यात्राको क्रममा एक महिला यात्रुले प्रयोग गरेको हेडफोन पड्किएको हो । सुतिरहेको अवस्थामा हेडफोन पड्किएको आवाजले ब्युझिएकी महिलाले हेडफोन आफूबाट छिटै हटाउन सफल भएकी थिईन् ।
उनको हातमा तातोले असर गरेको छ भने अनुहार कालो भएको थियो । नाम नखुलाइएकी ती महिलाले उक्त समयमा हेडफोनमा गीत सुनिरहेकी थिईन् ।
उनले भनेकी छिन्, ” मैले हतपत आफ्नो अनुहार समाते, पोलिरहेको थियो । हेडफोन भुईंमा फ्याकें, हेडफोनमा सानो आगो बोलेको थियो” । फ्लाइट क्रिउले पानि खन्याएर हेडफोनको आगो निभाएको थियो ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form
career-in-aus

Comments