काठमाडौं । एसिसी इमर्जिङ नेशन कप क्रिकेटको लागि ४ वैकल्पिकसहित १९ जना खेलाडी छनौट भएका छन् ।

ज्ञानेन्द्र मल्ल, शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दिपेश श्रेष्ठ र दिलिपनाथ आउँदो मार्च २५ देखि अप्रिल ४ तारिखसम्म बंगलादेशमा हुने इमर्जिङ नेशन कप क्रिकेटको लागि खेल्ने भएका छन् ।

पारस खड्का स्वास्थ्यका कारण नखेल्ने भएपछि कप्तानको जिम्मा ज्ञानेन्द्र मल्ललाई दिइएको छ । आइसिसीका प्रतिनिधी वैकटपति राजु, प्रशिक्षक जगत टमाटा, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको छनौट समितिले अन्तिम टोलीको टुंगो लगाएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments