काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको बैठक बिना निश्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्रीले मोर्चालाई संविधान संशोधन पारित गर्न सहयोग गर्न आग्रह गर्नु भएपनि मोर्चाले यथास्थितिमा पारित गराउन नहुने अडान राखेपछि बैठक बिना निश्कर्ष टुंगिएको हो । प्रधानमन्त्रीले सिमाङ्कनको विषय आयोग मार्फत टुङ्गो लगाउने र बाँकी विषय पारित गराउन मोर्चासँग प्रस्ताव गर्नु भएकोथियो ।

मोर्चाको आज दिउँसो १ बजे बस्ने शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्रीको प्रस्तवमाथि छलफल गरेपछि निश्कर्ष निकाल्ने मोर्चाले बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।फाइल तस्बिर 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments