मेलबर्न । ब्युटि थेरापी वा ब्युटिसियन पढाइ र करियरको लागि अष्ट्रेलियामा राम्रो अवसर छ । यहाँ यो विषय अध्यापन गराउने थुप्रै कलेजहरु छन् । त्यसैमध्येको एक अष्ट्रेलियन कलेज अफ ब्युटी थेरापी पर्थ शहरमा रहेको शैक्षिक संस्था हो । यस संस्थामा प्रयोगात्मक सिकाइको लागि स्टुडेन्ट क्लिनिक पनि रहेको छ । विगत ३० वर्षदेखि यस संथाले दक्ष जनशक्ति उत्पादन गर्दै आईरहेको छ ।

यहाँ विद्यार्थीहरुलाई राम्रो वातावरण प्रदान गरिन्छ साथै दक्ष तथा अनुभवी शिक्षकहरु द्वारा तालिम प्रदान गरिन्छ । यो संस्था अष्ट्रेलियन क्वालिटी स्किल अथोरिटीमा दर्ता गरिएको छ ।

पर्थका साथै अष्ट्रेलियाका विभिन्न ठाउँहरुमा जागिर पाउन तथा करियर विकासमा यस संस्थाले आफ्ना विद्यार्थीहरुलाई सहयोग गर्दछ ।

यो विषय अध्ययन गन वार्षिक शुल्क न्युनतम २०,९०० डलर लाग्छ । त्यस्तै क्याम्पस आवास शुल्क ९६०० डलर रहेको छ ।

यो विषयको पढाइ सकिएपछि अष्ट्रेलियामा सजिलै रोजगारी पाउन सकिन्छ । शैलुनमा जागिरको अवसर पाउनेले यहाँ औसतमा प्रतिघन्टा २४ डलर कमाउँछन् । अष्ट्रेलियाको पीआर पाउन पनि यो विषय उपर्युक्त मानिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments