एजेन्सी । विवाहको वर्ष गांठमा जोडीहरुले एक अर्कालाई, फूल,महंगा गिफ्ट दिएर आफ्नो माया दर्शाउने गर्छन्, एक अर्कामा शुभकामना आदान प्रदान गर्ने गर्छन् ।

विसौं वर्ष गांठमा एक श्रीमानले श्रीमतीलाई दिएको उपहारले सबैलाई प्रेमको अर्थ बुझाइदिएको छ । स्कट चफियनले आफ्नी श्रीमती सिंडीलाई दिएको उपहारले यतिबेला चर्चा बटुलेको छ ।

सिंडीका दुवै मृगौला खराब भएका थिए । उनले विगत दुई वर्षदेखि डायलोसिस गराएपनि मृगौलाहरुले विस्तारै काम गर्न छोडेका थिए । स्कट चपिÞmयनले विसौँ वर्षगांठको अवसर पारेर श्रीमतीको जीवन रक्षाको लागि आफ्नो एउटा मृगौला दिए ।

उनले त्यो भन्दा अगाडि पनि मृगौला दिन खोजेका थिए तर डायलोसिस भईरहेको र सुधारको आशमा श्रीमतीले त्यसो गर्न मानेकी थिईनन् ।

वर्षगांठको अघिल्लो दिन मृगौलाको प्रत्यारोपण गरिएको थियो । दुवैले अस्पतालमा रहेर यो उत्सव मनाए । यो उपहार र प्रेमले यतिबेला सबैको ध्यान तानिरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments