एजेन्सी । पछिल्लो समयमा आधुनिक जीवनशैली, शारीरिक बलको नभई एकै ठाउँमा बसेर गर्ने मानसिक कामले गर्दा धेरै जसो मानिसहरुमा तौल बढ्ने समस्या रहेको छ । धेरै मानिसहरुले खाना नखानु वा डाईटिङलाई तौल घटाउनुको उपायको बारेमा लिएका छन् । जुन गलत हो । किनभने खाना नखानुले शरीरमा शक्ति उत्पादन हुँदैन र कमजोर बनाउँछ ।

पर्याप्त खाना खाएर पनि तौल घटाउन सकिन्छ तर त्यसको लागि खानको छनोटमा ध्यान दिनु जरुरी छ । यहाँ बिहान खाने खानाको बारेमा चर्चा गरिएको छ :

–बिहानको खाना उठेको ३० मिनेटपछि खानु राम्रो हुन्छ । बिहान शरीरलाई उर्जा दिने खानाले दिउँसोको खानाको मात्रा घट्नुको साथै गलत डाइटबाट बच्न सकिन्छ । यसले शरीरको तौल घटाउन र तन्दुरुस्त रहन मद्दत गर्छ ।

–बिहानको खाना प्रोटिनयुक्त हुनुपर्छ । अण्डा र दहिमा पर्याप्त प्रोटिन पाउन सकिन्छ । अध्ययनहरुका अनुसार बिहानको खानामा अण्डा खाने महिलाहरुको तौल अरु महिलाहरुको तुलनामा दोब्बर घट्दछ । अन्डाको सेवनले भोक घट्ने हुनाले दिउसोको धेरै खाना र क्यालोरीबाट बचाउँछ ।

–शरीरमा रहेको बोसो घटाउनको लागि रेसिस्टेन्स स्टार्चको आवश्यक पर्छ । केरा र ओट्समा पर्याप्त मात्रामा रेसिस्टेन्स स्टार्च हुन्छ । त्यसैले तौल घटाउनको लागि बिहानको खानामा केरा र ओट्स खाना सकिन्छ ।

स्रोत : टाइम म्यागजिन

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments