मेलबर्न । अष्ट्रेलियाको मेलबर्नवासी नेपाली समुदाय नेपाली नयाँ वर्ष २०७४ लाई भव्य रुपमा स्वागत गर्ने तयारीमा जुटेका छन् । नयाँ वर्षलाई स्वागत गर्न विभिन्न थरिका कार्यक्रमहरुको घोषणा समेत हुन थालेको छ ।

त्यसक्रममा सही हो ईभेन्टसले आगामी नयाँ वर्ष सन् २०७४ को सुरुवात क्रुज पार्टीबाट गर्ने भएको छ । आगामी अप्रिल १४ तारिख अर्थात् वैशाख १ गते मेलबर्नमा क्रुज पार्टी गर्दै नयाँ वर्ष आगमनको खुशीयाली साट्ने तयारी भएको आयोजक सही हो ईभेन्टसले जनाएको छ । मेलबर्नमा बसोबास गर्ने सबै नेपालीहरुले एकसाथ नेपाली झण्डा पानी जहाजमा फहराउँदै गीत, संगीत र नेपाली खानाको मज्जा लिँदै उक्त साँझ रमाइलोसँग बिताउन पाउने आयोजकले जनाएको छ ।

मेलबर्नको डकल्याण्डमा ४ बजे उपस्थित भएर ५ बजेदेखि बेलुका ९ बजेसम्म क्रुज पार्टी हुनेछ । क्रुज पार्टीमा डीजेका साथ मेलबर्नका नेपाली कलाकारहरुको समेत प्रस्तुति रहनेछ । योसँगै पार्टीमा उपस्थितमध्ये एक महिला र एक पुरुषलाई बेष्ट ड्रेस, बेष्ट डान्सर र बेष्ट ड्रेस्ड कपललाई पुरस्कृत गर्ने योजना समेत रहेको आयोजकले बतायो ।

सहभागी हुन चाहनेहरुले www.ticketking.com.au मा लगइन गरेर अनलाईन टिकट बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments