सप्तरी । सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ताले होली पर्व बहिष्कार गरेका छन् । प्रहरीको गोली लागि आफ्ना पाँच कार्यकर्ताको हत्या भएको विरोधमा मोर्चाका कार्यकर्ताले होली बहिष्कार गरेका हुन् ।

सप्तरी बसिन्दाले होली बहिष्कार गर्नुका साथै हत्याको शोकमा सामूहिक केश मुण्डनसमेत गरेका छन् ।  राष्ट्रिय मेधस समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलले हर्षोल्लासका साथ मनाउने होली आफ्ना कार्यकर्ताको हत्याले कसैले नमनाउन आह्वान गरिएको बताउनुभयो । जसका कारण राजविराज भर्दर, कञ्चनपुर, सल्यानपुर, बसदिपिक, पठौना, रोपनीलगायत सहरी तथा ग्रामीण क्षेत्रका मधेसी कार्यकर्ता तथा स्थानीय जनताले होली नमनाएका हुन् ।

नेकपा (एमाले)को मेची महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजमा विरोधका क्रममा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा पाँचजनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएको थियो ।  एक हप्तापछि बन्द खुलेको सप्तरी जिल्ला होलीको रौनकमा पनि शोकमा डुबेको छ । रासस

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments