सन् २०१२ की मिस नेपाल विजेता “सृष्टि श्रेष्ठ ” लाई नव नायिकाका रुपमा नेपाली चलचित्रमा देख्न पाइने भएको छ |

“छडके ” का निर्देशक समेत रहेका निगम श्रेष्ठले आफ्नो निर्माणाधीन चलचित्र मार्फत सृष्टिलाई डेब्यु गराउन  लागेका हुन् | सृष्टिको आगमन संगै नेपाली रजतपटले अर्की एक हट हिरोइनको माग पुरा गर्ने अनुमान गरिएको छ | अग्ली कदकी सृष्टि  हाल अभिनयको प्रशिक्षण लिन व्यस्त रहेकी छिन । सृष्टिलाई सुनिल पोखरेलले विशेष प्रशिक्षण दिईरहेका छन् ।

सृष्टिले मिस नेपाल भए लगत्तै भने हिरोइन नबन्ने बताउँदै आएकी थिइन् । ‘फिल्म मेरो प्रायोरिटी भित्र पर्दैन । बरु फेसनमा केही गर्छु,’ नेपाली फिल्म खेल्ने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा सृष्टिले यस्तो जवाफ दिएकी थिइन् ।

Comments

comments