काठमाडौं । जित्नैपर्ने दवावकाबीच विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्या र नेपालबीचको खेल जारी छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित समयमा शुरु भएको खेलमा नेपालले फिल्डीङ गरिरहेका छ । नेपालले अहिलेसम्म दोश्रो विकेट लिएको छ । मेहबुब आलमले केन्याको २ विकेट लिएका हुन् ।

जारी खेलमा मेहबुब आलमको उत्कृष्ट प्रदर्शन रहेको छ । तर नेपालले थप विकेट लिन नसक्दा केन्याले मैदानमा टिक्ने अवसर पाइरहेको छ । केन्याका इरफान करिम र कोलिन्स ओबुयाको साझेदारी तोड्न नसके नेपालका लागि घातक साबित हुनेछ । २२ औँ ओभरमा केन्याको २ विकेटको क्षतिमा ६४ रन बनेको छ ।

Comments

comments