मेलवर्न । अष्ट्रेलियाको मेलबर्नमा आयोजित ९ ए साईड कँडेल कन्सल्टेन्सी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि यति क्लबले उचालेको छ ।

आइतबार भएको फाइनल खेलामा सिड्नीको ग्रिन भिल्ली राइनोलाई हराउँदै आयोजक यतिले उपाधि उचालेको हो । राम्रो खेल प्रदर्शन गरे पनि यतिका सामू राइनोको केही सीप लागेन । र अन्ततः उपाधि यतिले आफैंसँग राख्न सफल भयो ।

उपाधिसँगै यतिले दुई हजार अष्ट्रोलियन डलर नगद पुरस्कार प्राप्त गरेको छ । दुई दिनसम्म चलेको प्रतियोगितामा यसपटक १६ टिमले सहभागिता जनाएका थिए ।

अष्ट्रेलियाको प्रतिष्ठित यति फुटबल क्लबले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा यस वर्ष मेलबर्नका ५, सिड्नीका ५, डार्विन, पर्थ, एडिलेड, अल्बरी, तास्मानिया क्यानबेरा लगायतका टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका प्रयोजक कँडेल कन्सल्टेन्सीका निर्देशक राज कँडेलले सात वर्षदेखि सञ्चालन भइरहेको प्रतियोगितामा अष्ट्रेलियाभरका उत्कृष्ट खेलाडीहरु सहभागी भएको जानकारी दिनुभयो ।

प्रतियोगिताभर सहभागी खेलाडी, प्रशिक्षक लगायतको खाने बस्ने व्यवस्था समेत प्रायोजक कँडेल कन्सल्टेन्सी र आयोजक यति फुटबल क्लबले गरेको थियो ।

निर्देशक कँडेलले यस्ता प्रतियोगिताले नेपालीहरुको बीचमा भाइचाराको विकास गराउने विश्वास व्यक्त गर्दै आगामी वर्ष प्रतियोगितालाई अझै भव्य र सभ्य बनाउन आवश्यक गृहकार्य बेलैमा गर्ने उल्लेख गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments