एजेन्सी। जन्मेको ३६ घण्टापछि आफूलाई जन्मदिएका आमाबाबुद्वारा त्यागीए उनी, अर्थात जोनो लंचस्टर ।

असामान्य अनुहारका कारण जोनोलाई आमाबुवाले अस्पतालमै छोडेर हिडेका थिए । उनी कुनै घटनाको शिकार नभएर एउटा जन्मजात रोग, अनुहारको संरचनालाई बिगार्ने ट्रेअचेर कोल्लिंस सिन्ड्रोम नामक रोगको शिकार भएका थिए ।

यो रोग भएका मानिसहरुमा सुन्न सक्ने क्षमता पनि धेरै कम हुन्छ किनकि अनुहारको हड्डी र संरचनाको राम्रो विकास भएको हुँदैन । बाबु आमाले जन्मेको ३६ घण्टापछि बच्चालाई छोडेर हिंडेको थाहा पाएकी जेअन लंचस्टर उनको जीवनमा फरिस्ता बनेर आइन् जसले उनलाई छोरोको रुपमा अङ्गालिन् । जेअनले जोनो ५ वर्षको हुँदासम्म उनका बुवा आमालाई भेट्ने कोसिस गर्दै, जोनोका फोटोहरु सहितका चिठीहरु पठाइन् । तर ती चिठीहरु नखोलिकनै फिर्ता आउँथे।

७ वर्षको उमेरमा जोनोलाई आफू अरुभन्दा अलग भएको महसुस हुन थालेपछि असहज लाग्यो। मानिसहरुसंग घुलमिल हुन सकेनन् । धेरै जनाले उनको अनुहारलाई लिएर मजाक बनाए । आमाले मजाक उडाउनेहरुसंग आँशु झार्दै बहस गरेको देख्दा उनलाई नरमाइलो लाग्थ्यो । उनि भन्छन्, ” मलाई आफ्नो अनुहार ऐनामा हेर्दा आफ्नै अनुहारसंग घृणा जाग्थ्यो” । उनि किशोरावस्थामा समेत अरु साथीहरुले जस्तो जीवनयापन गरेनन् , घरभित्रै बसिरहन्थे ।

उनले इन्टरनेट मार्फत पत्ता लगाए की, आफूलाई जन्म दिएका आमाबाबुबाट उनका दुई जना भाईबहिनी छन् । उनले भाईबहिनीलाई भेट्न चाहे तर आमाबाबुले उनलाई भेट्न दिएनन् ।

एकदिन साथीसंग गएको एउटा पार्टीमा अपरिचित मानिसले उनीसंग परिचय गर्दै साथीको व्यवहार गरेपछि उनले आफूलाई मानसिक रुपमा बलियो बनाए । उनलाई देख्नेहरु सबैले उनलाई गिज्याउँथे वा अनौठो व्यवहार गर्थे तर त्यो एकजना मानिसले गरेको व्यवहारले उनमा “म मा पनि राम्रोपन छ, म पनि अरु मान्छे जस्तै हूँ” भन्ने भावना जागृत भयो । यही एउटा घटनाले नै उनलाई घरबाट बाहिर निस्किने हिम्मत दियो ।

२० वर्षको उमेरमा उनी सामान्य मानिस जसरि आफ्नो दैनिकी बिताउन थाले । मानिसहरुसंग घुलमिल भए । २३ वर्षको उमेरमा जिमखानामा जागिर गर्न थाले । उनलाई आदर र माया गर्ने गर्लफ्रेन्ड पाए ।

जब बिबिसीले उनको बारेमा डकुमेन्ट्री बनायो तब उनी चर्चित भए । उनको जस्तै रोग भएकाहरु र त्यो सिन्ड्रोम भएका बच्चाका आमबुवाहरु उनलाई भेट्न थाले । जोनो अहिले आफू जस्तो रोग भएका विश्वभरका मानिसहरुलाई भेट्ने र जीवनको आशा जगाउने अभियानमा लागेका छन् । उनले मोडलिंग पनि गरेका छन् ।

जोनो धेरै मानिसहरुको लागि प्रेरणाको श्रोत बनेका छन् । जोनोको अनुहार र उनकी प्रेमिकालाई लिएर अझै पनि मानिसहरुले मजाक बनाउने गरेको उनी आफै बताउँछन् । यी कुराहरुले उनलाई आफ्नो काममा लागि पर्न थप उर्जा मिल्छ। अहिले उनी आफ्नो अनुहार र आफूप्रति गर्व गर्छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments