काठमाडौं । नेपाल भारत सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट मारिएका नेपाली गोविन्द गौतमको शवयात्रा गरिएको छ ।

धनगढीस्थित सेती अञ्चल अस्पतालबाट शुरु भएको शवयात्रा मृतकको गृहनगर पुनर्वास नगरपालिका हुँदै कञ्चनपुरको दोदा नदी किनारमा पुर्याई अन्ति संस्कार गरिएको थियो । शवयात्रा अघि नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

गौतमलाई सरकारले शहीद घोषणा गरेको छ भने उनको परिवारलाई १० लाख रुपैंया उपलब्ध गराउने निर्णय समेत गरिसकेको छ ।

गत बिहीबार नेपालीद्धारा निर्माणाधीन कल्भर्डका विषयमा विवाद हुँदा एसएसबीको गोलीबाट गौतमको मृत्यु भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments