काठमाडौं । भर्खरै एकता महाधिवेशनबाट राप्रपा नेपालसँग एकीकरण भएको राप्रपा फेरि फुटेको छ । राप्रपा नेता प्रकाशचन्द्र लोहनीले राप्रपा त्याग गर्नुभएको हो ।

लोहनीले पार्टी अध्यक्ष कमल थापालाई तीन पृष्ठ लामो पत्र लेख्दै पार्टी त्याग गरेको जानकारी दिनुभएको हो । लोहनीले आइतवार नै पत्रकार सम्मेलन गरि औपचारिकरुपमै पार्टी त्यागको घोषणा गर्नुहुने बताइएको छ ।  पार्टी एकीकरणपछि अध्यक्ष थापाले मनोमानी गरेको भन्दै लोहनी लगायतका नेताहरु रुष्ट रहँदै आउनुभएको थियो ।

पार्टीको चुनाव चिन्ह हलो छाडेको, सरकारमा जानेबारे आफूखुसी निर्णय गरेको, राजदूत सिफारिसमा सल्लाह नगरेको भन्दै लोहनी पक्षधर असन्तुष्ट रहँदै आएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments