एजेन्सी । रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो जुम्ल्याहा सन्तानको बाबु बन्ने भएका छन् । द सन् पत्रिकाका अनुसार रोनाल्डो जुम्ल्याहा सन्तानका बाबु बन्न लागेका हुन् ।

क्रिष्टियानो जुनियर जन्मिएको सात वर्षपछि रोनाल्डो सरोगेसी मदरको मद्दतमा पुनः जुम्ल्याहा छोराको पिता बन्न लागेका हुन् । यसअघि सन् २०१० मा सरोगेसी मार्फत जुनियर क्रिष्टियानो जन्मिएका थिए ।

जुम्ल्याहा सन्तान अमेरिकी महिलाको सरोगसीमार्फत जन्मिन लागेको द सन् पत्रिकाले उल्लेख गरेको छ । जुम्ल्याहा सन्तानलाई स्वागत गर्न रोनाल्डो परिवार आतुर रहेको समेत जनाइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments