काठमाडौं। नेताहरूले मधेसी दलको सहभागिताविना स्थानीय निर्वाचन कठिन हुने बताएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन गराउने पक्षमा आफूहरू रहेको बताएका छन् ।

‘संविधान संशोधन गराउनतिर लाग्नुपर्छ,’ कांग्रेस बैठकमा देउवाले भने, ‘यसका लागि मैले पहल गरिरहेको छु ।’ देउवाले बैठकस्थलबाटै तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई टेलिफोन गरी संवादबाट सहमति खोजेर मिलेर अघि बढ्नुपर्ने बताएका थिए । देउवाले ठाकुरलाई आइतबार दिउँसो ३ बजे छलफलका लागि बोलाएका छन् ।

सभापतिको पार्टी सञ्चालन शैलीप्रति नेता रामचन्द्र पौडेलले शुक्रबार पनि असन्तुष्टि राखेका छन् । ‘हामी पनि सरकारमा छौँ, तर माओवादी र अरू दलका मन्त्रीको एकलौटी देखिएको छ । हाम्रै पार्टी राम्रोसँग सञ्चालन भएन, विधि, प्रक्रिया, पद्धतिमा हिँडेन,’ पौडेलले भने, ‘नियमित बैठक नबस्ने, पार्टीका संरचनालाई पूर्णता नदिने अवस्थाले पार्टी निरंकुशतातिर जान्छ । मैले चिठी लेखेर बैठक डाक्न आह्वान गरो । तर, चिठीको वास्ता किन गरिएन ?’ आफूहरूले पार्टीमा भागबन्डा नखोजेको भन्दै पौडेलले नेताको मूल्यांकनलाई सम्मान गर्न सुझाब दिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments