काठमाडौं । पछिल्लो समय खराब प्रदर्शन गरेको आर्सनलले एफए कपको क्वाटरफाइनलमा शानदार प्रदर्शन गरेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लिंकन सिटीलाई ५–० ले हराएर एफए कपको सेमिफाइनलमा स्थान बनायो ।

पछिल्ला केही खेलमा खराब प्रदर्शन गरेको आसर्नलले घरेलु मैदानमा भएको खेलमा लिंकन सिटीमाथि शानदार जित दर्ता गरेको हो । आर्सनलको जितमा थियो वालकोट, ओलिभर जिरउड, एलेक्स सान्चेज र आरोन रामसीले गोल गरे ।

लिंकन सिटीका वाटरफलले आत्मघाती गोल गरे । पहिलो हाफको इन्जुरी समयमा वालकोटले गोल गरेपछि आसर्ननलले १–० को अग्रता लियो । दोस्रो हाफमा आर्सनलले थप चार गोल गर्‍यो ।

५३ औं मिनेटमा जिरउडको गोल तथा ५८ औं मिनेटमा वाटरफलले गरेको आत्मघाती गोलपछि आर्सनलको अग्रता ३–० मा पुग्यो । सान्चेजले ७२ औं मिनेटमा तथा रामसीले ७५ औं मिनेटमा गोल गरेपछि आर्सनल  ५–० ले विजयी भयो र अन्तिम चारमा पुग्यो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments