मेलबर्न । अष्ट्रेलियाको मेलबर्नका नेपाली समुदायमा प्रतिष्ठित न्याभ कप क्रिकेट प्रतियोगिताको १२ औं च्याम्पियनको आज छिनोफानो हुँदैछ ।

विगत ७ हप्तादेखि जारी प्रतियोगिताको आज हुने फाइनल भिडन्तपछि च्याम्पियन टोलीको टुङ्गो लाग्नेछ । १२ औं संस्करणको उपाधिका आज हिमालयन हुर्रिकेन र गोर्खाली लायन्स आमनेसामने हुँदैछन् । तीन पटकको उपाधि विजेता हिमालयन हुर्रिकेनसँग पहिलो पटकको सहभागीतामै गोर्खाली लायन्सले कडा टक्कर दिएको हो ।

नेप्लीज एशोसियसन अफ भिक्टोरिया न्याभको आयोजना तथा एक्स्पर्ट एजुकेशन मुख्य प्रायोजक रहेको न्याभ कप क्रिकेटको फाईनल खेल बिच प्रेस्टनको टिडब्लू ब्लेक पार्कमा आज हुन लागेको हो ।

यसपटक फाईनल खेललाई अझै बिशेष बनाउन बिभिन्न अतिरिक्त कार्यक्रमहरुको समेत आयोजना गरिएको छ । फाइनल अघि आजै प्रतियोगिताको तेस्रो स्थान, बालबालिकाको क्रिकेट खेल, महिला खेलाडीहरुको क्रिकेट र सिनियरहरुको खेल समेत हुने कार्यक्रम छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments