काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर टीयु मैदानमा केन्याले नेपाललाई ५ विकेटले पराजित गरेको छ ।

पराजयसँगैं विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको सम्भावना कठिन बनेको छ । नेपालले पहिलो इनिङमा ८ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । वर्षाका कारण ३८ ओभरमा खेलाइएको खेलको पहिलो पारीमा नेपाली ब्याट्सम्यानले फितलो प्रदर्शन गरे । केन्याका बलरहरुले घरेलु टोलीलाई दवावमा राखे ।

अस्वस्थताका कारण कप्तान पारस खड्का खेलेनन् । ज्ञानेन्द्र मल्लले कप्तनी सम्हालेको खेलमा सर्वाधिक २७ रन जोडे । दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए । ओपनर सुनिल धमला ३ रन मात्र बनाएर पवेलियन फर्किए ।

सागर पुन १० रनमा आउट भए । शरद भेषावकरले पनि ३ रन मात्रै बनाउन सके । विनोद भण्डारी ४ रन बनाएर फर्किँदा मेहेबुब आलमले २ रन मात्रै जोडे । बसन्त रेग्मी ६ रनमा समेटिए । शक्ति गौचन र सोमपाल कामीले नवौं विकेटका लागि अविजित ३० रनको साझेदारी गरे । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र सुनिल धमलाले २१ रनको साझेदारी गरेका थिए ।

Comments

comments