काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर टीयु मैदानमा  नेपाल र केन्याबीच जारी खेल अहिले स्थगित भएको छ ।  डकवर्थ लेविस मेथडअनुसार नेपाल ५ रनले पछाडी परेको छ ।

जीतका लागि केन्यालाई ४६ बलमा २४ रन आवश्यक छ । नेपालले पहिलो इनिङमा ८ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो।

नेपालका लागि कप्नानी सम्हालिरहेका ज्ञानेन्द्र मल्लले ५ चौकाको मदतले सर्वाधिक २७ रन जोडे । बर्षाका कारण खेल प्रभावित भए पछि निर्धारित ५० ओभरको खेल ३८ ओभरमा झारिएको थियो ।

Comments

comments