काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर टीयु मैदानमा  नेपाल र केन्याबीचको खेल जारि छ ।   नेपाल अहिले फिल्डीङ गरिरहेको छ ।

केन्याको अहिले ५ विकेटको क्षतिमा १९ औँ ओभरमा ७१ रन बनेको छ । नेपालले पहिलो इनिङमा ८ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो। नेपालका लागि कप्नानी सम्हालिरहेका ज्ञानेन्द्र मल्लले ५ चौकाको मदतले सर्वाधिक २७ रन जोडे ।

बर्षाका कारण खेल प्रभावित भए पछि निर्धारित ५० ओभरको खेल ३८ ओभरमा झारिएको थियो । अब केन्यालाई १२ ओभरमा ३५ रनको खाँचो छ ।

Comments

comments