काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर टीयु मैदानमा  नेपाल र केन्याबीचको खेल जारि छ ।

नेपाल अहिले फिल्डीङ गरिरहेको छ । केन्याको अहिले ४ विकेटको क्षतिमा १६ औँ ओभरमा ६५ रन बनेको छ । नेपालले पहिलो इनिङमा ८ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो।

नेपालका लागि कप्नानी सम्हालिरहेका ज्ञानेन्द्र मल्लले ५ चौकाको मदतले सर्वाधिक २७ रन जोडे । बर्षाका कारण खेल प्रभावित भए पछि निर्धारित ५० ओभरको खेल ३८ ओभरमा झारिएको थियो ।

Comments

comments