काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बागमती सफाई महाअभियानले गति लिए जस्तै निर्वाचनमार्फत् राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बताउनुभएको छ ।

बागमती सफाई महाअभियानको २०० औँ हप्ताका अवसरमा शनिबार शंखमुलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले वातावरणीय सफाइ अभियानले राजनीतिक सफाइ अभियानलाई पनि बल पुग्ने बताउनु भयो । उहाँले सबै गाउँपालिका र नगरपालिकामा सफाई अभियान सञ्चालन गरिने बताउनु भयो ।

बिहानदेखि नै वर्षा भइरहे पनि सफाई अभियानमा प्रधानमन्त्री पुष्पकमल दाहा, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नेता सुवास नेम्वाङ लगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्थाका कर्मचारी, युवा र सर्वसाधारणको सहभागिता थियो ।

बागमती सफाई महाअभियान सुरु भएको दुई सयौँ हप्ताका अवसरमा शनिबार करिब एक हजार छ सय संघसंस्थाको सहभागितामा आठ हजार मेट्रिक्टन फोहोर व्यवस्थापन गरिएको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments