काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत किर्तिपुरस्थित टियु मैदानमा जारी खेल वर्षातका कारण स्थगित भएको छ ।

वर्षाका कारण करिब ३ घण्टा रोकिएको खेललाई ३८ ओभरमा छोट्याइएको खेलमा अहिले नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा १ सय १२ रन बनाएको छ ।

बसन्त रेग्मी ६ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी १९ रनमा आउट भए । मेहबुब आलम २ रन बनाएर आउट भए । बिनोद भण्डारी ५ रनमा आउट भएका छन् । शरद भेषवाकर ३ रन बनाएर क्याच आउट भए । सागर पुन स्लिपमा क्याच आउट भएका छन् । लगातार २ चौका हानेपछि ज्ञानेन्द्र मल्ल पवेलियन फिर्ता भए ।सुनील धमला ३ रनमा आउट भए ।

खेलमा ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेका छन् । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्ल र सुनील धमलाले डेब्यु गरे ।

नेपालको टिममा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, बिनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, मेहबुब आलम, सुनील धमला छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments