काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपाल र केन्याको लागि महत्वपूर्ण मानिएको खेल शनिबार किर्तिपुरस्थित टियु मैदानमा जारी छ ।

टस जितेर केन्याले फिल्डीङ रोजेपछि नेपालले अहिले ब्याटिङ गरिरहेको छ । वर्षाका कारण करिब ३ घण्टा रोकिएको खेललाई ४८ ओभरमा छोट्याइएको खेलमा अहिले नेपालले २५ दशमलब ३ ओभरको खेल खेलिरहँदा ६ विकेटको क्षतिमा ७१ रन बनाएको छ । मेहबुब आलम २ रन बनाएर आउट भए ।

बिनोद भण्डारी ५ रनमा आउट भएका छन् । शरद भेषवाकर ३ रन बनाएर क्याच आउट भए । सागर पुन स्लिपमा क्याच आउट भएका छन् । लगातार २ चौका हानेपछि ज्ञानेन्द्र मल्ल पवेलियन फिर्ता भए । सुनील धमला ३ रनमा आउट भए । खेलमा ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेका छन् । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्ल र सुनील धमलाले डेब्यु गरे ।

नेपालको टिममा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, बिनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, मेहबुब आलम, सुनील धमला छन् ।

Comments