काठमाडौं। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलमा नेपालको पाँचौं विकेट गएको छ । विनोद भण्डारी चार रन बनाउँदा आउट भएका हुन् । नेपालले २३ ओभरमा पाँच विकेटको क्षतिमा ६६ रन बनाएको छ । अहिले ब्याटिङका लागि दिपेन्द्र ऐरी र महबुब आलम ब्याटिङका लागि मैदानमा छन् ।

केन्याले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेल समय पानीले गर्दा प्रभावित भएकाले खेल ३८ ओभरमा झारिएको छ । नेपालका नियमित कप्तान पारस खड्का अस्वस्थ रहेकाले ज्ञानेन्द्र मल्लले कप्तानी गरिरहेका छन् ।

Please follow and like us:

Comments