काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलमा नेपालको तेस्रो विकेट गएको छ । नेपालले १३ ओभरमा ४५ रन बनाएको छ । सागर पुनले २२ बलमा दुई चौकाको मद्दतमा १० रन बनाएका छन् ।अहिले ब्याटिङका लागि दिपेन्द्र ऐरी र शरद भेषावकर छन् ।

केन्याले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेल समय पानीले गर्दा प्रभावित भएकाले खेल ३८ ओभरमा झारिएको छ । नेपालका नियमित कप्तान पारस खड्का अस्वस्थ रहेकाले ज्ञानेन्द्र मल्लले कप्तानी गरिरहेका छन् ।

Comments

comments