काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपाल र केन्याबीच खेलमा नेपालले ब्याटिङ गरिरहेको छ ।

अहिले नेपालले १० दशमलब ३ ओभरको खेल खेलिरहँदा २ विकेटको क्षतिमा ४३ रन बनाएको छ । लगातार २ चौका हानेपछि ज्ञानेन्द्र मल्ल पवेलियन फिर्ता भएका छन् । सुनील धमला ३ रनमा आउट भए ।

नयाँ ब्याट्सम्यानका रुपमा दीपेन्द्र ऐरी आएका छन् । वर्षाका कारण रोकिएको खेललाई ३८ ओभरमा छोट्याइएको छ । खेलमा ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेका छन् ।

नेपालका तर्फबाट ज्ञानेन्द्र मल्ल र सुनील धमलाले ओपनिङ गर्ने भएका छन् । नेपालको टिममा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, बिनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, मेहबुब आलम, सुनील धमला छन् ।

Comments

comments