काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपाल र केन्याबीच खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । अहिले नेपालले ५ दशमलब २ ओभरको खेल खेलिरहँदा २१ रन बनाएको छ ।

सुनील धमला आउट भएका छन् । वर्षाका कारण रोकिएको खेललाई ३८ ओभरमा छोट्याइएको छ ।

खेलमा ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेका छन् । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्ल र सुनील धमलाले ओपनिङ गर्ने भएका छन् । नेपालको टिममा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, बिनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, मेहबुब आलम, सुनील धमला छन् ।

 

Comments

comments