काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपाल र केन्याबीच खेलमा केन्याले टस जितेर फिल्डीङ रोजेको छ ।

कप्तान पारस खड्का भने फिट नभएको भन्दै नखेल्ने भएका छन् । वर्षाका कारण रोकिएको खेललाई ३८ ओभरमा छोट्याइएको छ । खेलमा ज्ञानेन्द्र मल्लले कप्तानी सम्हाल्ने भएका छन् । केन्यालाई हराउन नेपालका लागि सुनौलो अवसर भएपनि त्यति सहज नभएको खड्काको भनाई छ । केन्या नेपालभन्दा अनुभवी टिम रहेको तर नेपाल पनि व खड्का बताउँछन् ।

केन्याको बलिङ र फिल्डीङ उत्कृष्ट भएपनि ब्याटिङका लागि २–४ जनामै निर्भर रहनुपर्ने अवस्था छ ।

Comments

comments