एजेन्सी । बालबालिकाको शरीर निकै संवेदनशील हुन्छ । उनीहरुको हेरचाहमा विशेष ध्यान पुर्याउनुपर्छ ।

कतिपय अवस्थामा सावधानी अपनाउँदा अपनाउदै पनि बालबालिकालाई दर्शाएको प्रेम नै उनीहरुको लागि घातक हुनसक्छ ।

सन् २००१ मा एक जना ब्रिटिश महिलाले आफ्नो शिशुको तस्बिर सामाजिक संजालमा राखेकी थिइन् । उक्त तस्बिरमा उनको बच्चाको मुख र अनुहारमा भयावह संक्रमण देखिन्थ्यो । उनका अनुसार एक जना महिलाले बच्चाको ओठमा चुम्बन गरेकी थिइन् । उक्त चुम्बनको माध्यमले ती महिलामा भएको हर्प्स सिम्प्लेक्स भाइरस बच्चामा सरेको थियो, जसले गर्दा बच्चा त्यो स्थितिमा पुगेको थियो । उक्त भाइरस आफूमा भएको बारे महिला आफै अनभिज्ञ थिइन् ।

त्यस्तै २०१३ मा आफ्नै बाबुको चुम्बनले गर्दा बच्चामा संक्रमण भएको थियो । ती बच्चाको विभिन्न अंगहरुमा संक्रमण भएको थियो । उनका बाबुमा हर्प्स सिम्प्लेक्स भाइरस भएको पत्ता लागेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments