काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबिचको खेल आजै हुने भएको छ । आज विहानैदेखि पानी परेपछि खेल हुने या नहुने अन्यौल बढेको थियो । तर मौसममा सुधार आएर घाम लाग्न थालेपछि अहिले केहीबेरमा टस हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल ९ बजे टस गरेर साढे ९ बजेदेखि थाल्ने तालिका भएपनि पानी परेपछि ढिला भएको हो ।

शुक्रबार दिउँसोदेखि लगातार परिरहेको पानीका कारण पिच र आउट फिल्ड भिजेकाले समस्या आएको थियो ।

अम्यारले पिच र मैदानको अवस्था निरीक्षण गरेपछि आजै खेल हुने निर्णय गरिएको हो । आजको खेलमा सिंगापुरका सारिका र नेपालको विनयकुमार झा अम्पायर छन् भने रिजर्भ अम्पायरमा नेपालकै देवेन्द्र सुवेदी छन् ।

विहानदेखि नै पानी परेपनि खेल हेर्न हजारौं दर्शकहरु त्रिवि मैदान पुगेका छन् । अहिले त्यहाँ खचाखच दर्शकको भीड लागेको छ ।

Comments

comments