काठमाडौं । वर्षाका कारण विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार हुने भनिएको नेपाल र केन्याको खेल प्रभावित भएको छ ।  शुक्रबारदेखिको निरन्तर वर्षा अहिलेसम्म नरोकिएपछि खेल निर्धारित समयमा नहुने निश्चित भएको हो । यसअघि ९ः३० बजेदेखि खेल सुरु हुने तालिका थियो ।

अहिले पिचको अवलोकन गर्दै घाम नलागेसम्म खेल नहुने आइसिसिको रेफ्रिहरूले बताएका छन् । यद्यपी घाम लागिहाले पनि कति ओभरमा खेल खेलाइने भन्ने अझै स्पष्ट भइनसकेको क्यानका एक प्रतिनिधिले बताए । यद्यपि नेपाल र केन्या दुबैको टोली त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगिसकेका छन् ।

यदि खेल ढिलो सुुरु भएर शनिबार पहिलो इनिङमात्र भ्याइएको अवस्थामा दोस्रो इनिङ आइतबार खेलाइनेछ । खेल सुरु नै हुन नसके आइतबार सुरुदेखि नै खेल हुने सम्भावना छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments