काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष दाहालले सत्ता सम्हालेको ७ महिनामा मन्त्रिपरिषदबाट बाहिरिने पहिलो व्यक्ति बनेका छन्, हितराज पाण्डे । तर कुनै आरोप लागेर होइन, राम्रो काम गर्दागर्दै उनी संघीम मामिला तथा स्थानीय विकास मन्त्रीबाट बाहिरिनुर्पयो ।

फाल्गुन २८, २०७३( हितराज पाण्डे (६२) । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले सहयोग मागेको क्षणभरमै मन्त्री त्याग्न सहमतमात्रै भएनन्, अर्को मन्त्रालयका लागि पाएको ‘अफर’समेत अस्वीकार गरे । ‘राष्ट्रिय राजनीतिमा सहमतिको वातावरणका लागि प्रधानमन्त्रीज्यूले सहयोग माग्नुभयो,’ पाण्डेले भने, ‘राजनीतिक समस्याको हल भएर देश अगाडि बढ्छ भने म तत्कालै मन्त्रीपद छाड्न सहमत भएँ ।’

उनलाई प्रधानमन्त्रीबाट पशुपन्क्षी वा बिनाविभागीय मन्त्रालयको प्रस्ताव पनि आयो । तर उनले त्यसलाई स्वीकारेनन् । त्यही बिहीबार नै कांग्रेसबाट पर्यटनमन्त्री रहेका जीवनबहादुर शाहीका स्थानमा राप्रपाका दिलनाथ गिरी मन्त्री भएर आए । तर शाहीले मन्त्री छाड्नुपरेन । उनले खानेपानी तथा सरसफाइ मन्त्रालयमा सरुवा पाए ।

‘म काम गर्न मन्त्री भएको थिएँ, आफूले सक्दो गरेंँ । जागिर खानमात्र मन्त्री हुन चाहिन,’ उनले भने, ‘सांसद छँदैछु, पार्टीमा छँदैछु । त्यहाँबाट आवश्यक भूमिका खेल्ने नै छु ।’ माओवादी केन्द्रका अध्यक्ष दाहालले सत्ता सम्हालेको ७ महिनामा मन्त्रिपरिषदबाट बाहिरिने पहिलो व्यक्ति बनेका छन्, पाण्डे । तर कुनै आरोप लागेर होइन, राम्रो काम गर्दागर्दै उनी बाहिरिनुर्पयो । कारण रह्यो, सत्तामा राप्रपा अध्यक्ष कमल थापाको आगमन ।

संघीयता विरोधी भनेर चिनिने थापाका लागि संघीयताका प्रमुख पक्षधर पाण्डेले संघीय मन्त्रालय छाड्नुपरेको हो ।

साउन ३० मा मन्त्रीपद बहाल गरेका पाण्डेले मन्त्रालय छाड्ने बेलासम्म संघीयता कार्यान्वयनको पक्षमा काम गरे । संविधान अनुसार स्थानीय तह पुनस्संरचनाको कामलाई टुंग्याए ।

तर दुर्भाग्य, स्थानीय तह पुनस्संरचनालाई बिहीबार टुंग्याएका पाण्डे अर्को दिन शुक्रबार त्यसलाई सार्वजनिक घोषणा गर्ने बेलामा भने थिएनन् । पुराना गाउँ विकास समिति अब नरहने र नयाँ संरचनाका ७४४ गाउँपालिकारनगरपालिकाको घोषणाको ऐतिहासिक अवसर पद सम्हालेकै दिन राप्रपा नेता थापाले पाए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments