हेटौंडा । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान शुक्रवारदेखि पुनः सञ्चालनमा आएको छ । सप्तरीमा भएको हिंसात्मक घटनापछि अभियान तीन दिन स्थगित भएको थियो ।

अभियान अन्तर्गत शुक्रबार हेटौंडाको भुटनदेवी मैदानमा आयोजित जनसभालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ मधेसी मोर्चाले एमालेको शान्तिपूर्ण कार्यक्रममाथि हिंसात्मक हमला गर्दा घटना भएकाले त्यसको जिम्मेवारी पनि सत्तारुढ दलहरुले लिनुपर्ने बताउँनुभयो । उहाँले सप्तरी घट्नाका मृतकहरुप्रति गहिरो शोक समेत व्यक्त गर्नुभयो ।

एमाले साइन बोर्ड झुण्ड्याउने पार्टी नभएको बताउँदै अध्यक्ष ओलीले कुनै प्रकारको आक्रमण र अवरोधबाट एमालेलाई जनताको हृदयमा बस्नबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।  ओलीले एमाले टाट्नामा बाँधेको खसीबोकाजस्तो कसैले खटाएको ठाउँमा जाने वा नजाने पार्टी नभएको जिकिर गर्नुभयो ।

ओलीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले नेपालभित्र पसेर नेपाली युवाको हत्या गरेको भन्दै त्यसको भत्सर्ना गर्नुभयो । ‘एसएसबीले गोली हानी होनाहार नेपाली युवाको हत्या गरिरहेको छ, सरकार त्यसमाथि लोलोपोतो गर्दै वक्तब्य निकालिरहेको छ । घटनाको छानविन गरी तथ्य बाहिर ल्याओस, दोषीलाई कारवाही गरोस् ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments