काठमाडौ । ‘नाईं आमा मलाई त्यै केटी चाहिन्छ’बाट रुन्चे गायकको रुपमा चिनिएका प्रकाश पौडेलले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

नयाँ शैलीमा गीत गाउन रुचाउने पौडेलले यस पटक पनि फरक खालको म्युजिक भिडियो जय श्रीराम पप भजन बजारमा ल्याएका हुन् ।

गीतमा नरेश भट्टराईको शब्द तथा गायक पौडेलले आवाज रहेको छ । गीतको भिडियोमा उर्जा ब्याण्ड र संगीतमा सुमित खड्काले पौडेललाई साथ दिएका छन् । उक्त गीतको म्युजिक भिडियो एसियन म्युजिक मार्फत युट्युवमा सार्वजनिक गरिएको हो ।

सिद्धार्थ बैंकका प्रमुख प्रतिनिधिका रुपमा युएईमा कार्यरत पौडेलले गीत संगीतबाट कमाएको पैसा सामाजिक क्षेत्रमा खर्चिंदै आएका छन् ।

यस म्युजिक भिडियोबाट आउने रकम हर्ट बिट नामक संस्थामार्फत सडक बालबालिकाका शिक्षाका लागि सहयोग गर्ने बताएका छन् । उनले गएको वर्ष काठमाडौंमा रहेको दृष्टि नेपाललाई सहयोग गरेका थिए ।

career-in-aus

Comments

comments