भारत । विश्वकै सबैभन्दा बढी तौल भएकी इजिप्टकी महिला एमान अहमद अब्देल अटीको तौल नियन्त्रणका लागि भएको शल्यक्रियामा सफलता मिलेको छ ।

३६ वर्षीया एमानको मुम्बईस्थित सैफी अस्पतालमा बिहीबार शल्यक्रिया भएको हो । उनी जनवरीमा इजिप्टबाट तौल घटाउन भारतस्थित अस्पताल भर्ना भएकी थिइन् । अस्पतालको प्रत्यक्ष निगरानीमा भएको उपचारमा एकसय किलोग्राम तौल घटेको छ । एमानको ल्यापरोस्कोपिक स्लिभ ग्यास्ट्रेक्टोमी सफल भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एमान विगत २५ वर्षदेखि शारीरिक अवस्थाका कारण घर बाहिर निस्कन सकेकी थिइनन् ।

गत जनवरीमा विशेष विमानमार्फत उनलाई भारत ल्याइएको थियो । शल्यक्रियापूर्व उनको तौल पाँचसय किलोग्राम थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments