काठमाडौं । विश्व फुटबल वरियतामा नेपाल तीन स्थान माथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ वरियताक्रममा नेपाल तीन् स्थान उक्लदै १ सय ७० औं स्थानमा पुगेको हो ।

गएको महिना नेपालले दुई स्थान सुधार गरेर १ सय ७३ औँ स्थानमा पुगेको थियो ।

दक्षिण एशियाली देशमा भने नेपाल चौथो स्थानमा छ । दक्षिण एशियामा भारत पहिलो (१३२), माल्दिभ्स दोस्रो (१४०) , अफगानिस्तान तेस्रो (१५६), भुटान पाँचौ (१७७) र बंगलादेश छैठौँ (१९३) स्थानमा छन् । यस्तै, श्रीलंका सातौं (१९७) र पाकिस्तान (१९८) पुछारमा छ ।

विश्व वरियतामा अर्जेन्टिना पहिलो, ब्राजिल दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् ।

उत्कृष्ट १५ देश

अर्जेन्टिना
ब्राजिल
जर्मनी
चिली
बेल्जियम
फ्रान्स
कोलम्बिया
पोर्चुगल
उरुग्वे
स्पेन
स्वीट्जरल्याण्ड
वेल्स
पोल्याण्ड
इंग्ल्याण्ड
इटाली

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments