काठमाडौं । एमाले नेता लालबाबु पण्डितले सरकार र मधेसी मोर्चाको ग्राइण्ड डिजाइनमा सप्तरी घटना घटेको दाबी गर्नुभएको छ । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पण्डितले सप्तरी घटना गृहमन्त्री र मोर्चाको समन्वयमा भएको बताउनुभएको हो ।

उहाँले आतंककारीहरुसंग राजनीतिक संवाद हुन नसक्ने र एमालेले सोही अनुसारको जवाफ दिने बताउनुभयो । नेपाली झण्डा जलाउने आतंककारी शक्ति भएको बताउँदै पण्डितले आतंकारीहरुसँग राजनीतिक संवाद हुन नसक्ने जिकिर गर्नुभयो । विदेशीको पैसा खाएर नेपाली राष्ट्रिय झण्डा जलाउनेहरुलाई उहाँले आतंककारीको संज्ञा दिनुभयो ।

पार्टीको आवरणमा आपराधिक कार्य गर्दै आउनेहरुले लोकतन्त्रमा विश्वास नगर्ने उहाँको भनाई छ । कार्यक्रममा नेता पण्डितले भन्नुभयो– ‘सप्तरीमा अहिलेपनि स्थानीय सामन्तीको घरमा ४ सय भन्दा बढी गुण्डाहरुलाई खाना खुवाएर राखिएको छ । त्यहाँ हतियार भित्राउने काम भैरहेको छ ।’

उहाँले टिकापुर घटना जस्तै घटना घटाउने सुनियोजित षड्यन्त्र भईरहेको दाबी गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments