एजेन्सी । भारतीय फिल्म निर्माता, निर्देशक त करण जोहार पिता बनेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् यो कुराको पुष्टि गर्दै आफू जुम्ल्याहा बच्चाको पिता बनेको बताएका छन् । करणले दिएको जानकारी अनुसार उनी एक छोरा र एक छोरीको पिता बनेका हुन् ।

करणले आफ्नो बाबा र आमाको नामबाट आफ्नो छोराको नाम यश राखेका छन् भने छोरीको रुही राखेका छन् । त्यसो त करण अविवाहित छन् । तर सेरोगेसी मदरको मद्दतले उनी पिता बन्न सफल भएका हुन् । उनले आफ्ना बच्चाहरुलाई पर्याप्त समय दिनको लागि लामो समयदेखि तयार पारेर एक सही निर्णय गरेको बताएका छन् ।

करणले आगामी दिनमा आफ्नो काम केही छायाँमा पर्नसक्ने बताएका छन् । उनले आफूलाई परिवार जस्तै गरी सहयोग गर्ने डक्टरलाई पनि आभार व्यक्त गरेका छन् । त्यस्तै सेरोगेसी आमाप्रति कृतज्ञता प्रकट गर्दै उनी जीवनभर आफ्नो प्रार्थनामा रहने बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments