काठमाडौं ।  सहिद स्मारक ए डिभिजन लिगको मिति तय गर्न एसियाली फुटबल संघ (एएफसी) का प्रतिनिधिले ए डिभिजन क्लबहरुसँग छलफल गरेको छ ।

दुई वर्षदेखि लिग हुन नसकिरहेका बेला एएफसीले प्रतियोगिता आयोजना गर्न एन्फालाई सहयोग गरिरहेको हो । यसै क्रममा प्रतियोगिताको तयारीका लागि क्लबहरुसँग छलफल पनि गरेको हो । एएफसीले चैतको मध्यदेखि असोजको मध्यसम्म लिग संचालन गर्ने गरी प्रस्ताव गरेको छ ।

एएफसीले एन्फालाई शुक्रबार र शनिबारको दिन पारेर खेल खेलाउन निर्देशन दिइसकेको छ । यो वर्ष राष्ट्रिय लिग भने नहुने भएको छ । काठमाडौंलगायत देशका सबै क्लबले एएफसीले तोकेको लाइसेन्सिङ मापदण्ड पूरा गरेपछि मात्रै सन् २०१८ पछि राष्ट्रिय लिग आयोजना गरिनेछ । यो वर्ष हुने ए डिभिजन लिगमा भने काठमाडौंका १२ टिम सहभागी हुनेछन् । लिगमा रेलिगेसनको प्रावधान भने राखिएको छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments