काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला समानताका लागि महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नु जरुरी भएको बताउनुभएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रलायले अन्तराष्ट्रि महिला दिवसका अवसरमा विहिबार काठमाडौंमा आयोजित विशेष समारोहमा उहाँले समान रुपमा महिलाको विकासका लागि आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नुपर्ने जरुरी भएको बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘नेपालमा महिला विकासको विशेष कार्यक्रमहरु सञ्चालन भइरहेका छन्, तर पनि सोचअनुरुप उपलब्धि हासिल हुन सकेको छैन् ।’ उहाँले नेपालमा राज्यको तीन प्रमुख निकायमा महिला हुनुु इतिहासको सुखद संयोग भएपनि यसलाई निरन्तरता दिने विषयमा चुनौती रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानले महिलाको आर्थिक अधिकारलाई समेत सुनिश्चित गरेको र सरकारले विकासको वृद्धि विकासका कार्यक्रमहरु निरन्तररुपमा सञ्चालन गर्नु महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले साहसिक नेपाली नारी योगमायाको नाममा आयुर्वे्दिक विश्वविद्यालय खोल्ने तयारी गर्नु, मङ्गलबारदेखि कपिलवस्तुमा सुरु भएको राष्ट्रपति उत्थान कार्यक्रमजस्ता कार्यक्रमले पनि महिलाको सम्मान गरेको आफूले अनुभव गरेको सुनाउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments