काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई मेची महाकाली अभियान केही समयको लागि स्थगन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको प्रमुख तीनदलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री दाहालले पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमका कारण भन्दै अभियान स्थगन गर्न अग्रह गर्नुभएको हो ।

एमालेले भने आफूहरुको अभियान स्थगन नगर्ने जनाएको छ । वैठकमा सहभागी एमाले नेताहरुले राष्ट्रिय एकताका लागि सुरु गरिएको अभियानलाई बिहिबारदेखि नै निरन्तरता दिइने बताएको श्रोतले जनाएको छ । एमालेले सप्तरी घटनाको विषयमा छानविन गर्न पनि माग गरेको छ ।

छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेता एवंम उपप्रधानमन्त्री विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला, प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, झलनाथ खनाल, प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments