मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा भव्यताका साथ सांगीतिक जात्रा सम्पन्न भएको छ । रंगहरुको पर्व होली पर्वको अवसरमा “एस इभेन्ट एण्ड मल्टिमिडिया“ले सांगीतिक जात्राको आयोजना गरेको हो ।

बर्नसविकको गिल्पिन पार्कमा भएको सांगीतिक जात्रामा नेपाली मूलका ईन्डियन आइडल प्रशान्त तामाङ, सुमधुर स्वरका धनी सन्जिव सिंह, लोक गायक प्रजापति पराजुली र एक्सिस ब्यान्डको विशेष प्रस्तुतिले दर्शकहरुलाई खुब नचाए । यस्तै स्थानीय कलाकारहरुको प्रस्तुतिलाई पनि दर्शकहरुले मन पराए ।

कार्यक्रममा एक आपसमा रंग दलेर होली पर्व मनाउँदै गर्दा सहभागीहरुले नेपालमै रहेको अनुभूति गरिरहेका थिए । इन्डियन आईडलको मञ्चमा गाउँदा नेपालीलाई एकतामा बाँधेका प्रशान्त तामाङले मेलबर्नका नेपाली दर्शकहरुलाई पनि आफ्नो प्रस्तुति मार्फत एकताको भावनामा बाँधिदिएका थिए । सबैजना उनको स्वरमा स्वर मिलाउँदै नाचिरहेका देखिन्थे । एक्सिस ब्याण्डको दमदार प्रस्तुतिले युवाहरुलाई विशेष तानेको थियो ।

निःशुल्क प्रवेश राखिएको उक्त कार्यक्रममा खानाका विभिन्न स्टलहरु साथै बच्चाहरुको लागि मनोरञ्जक खेलहरु राखिएको थियो । कार्यक्रमबाट सबैखालका दर्शकहरुले भरपुर मनोरञ्जन लिए । कार्यक्रमले नेपाली समुदायको एकतालाई अझ बलियो बनाइदिएको सबैले अनुभूति गरे ।

एस इभेन्ट्स एन्ड मल्टिमिडियाले सन् २०१२ बाट सुरु गरेको संगीतिक जात्राको यो पाँचौ संस्करण हो । यसअघि हरेक दुई वर्षमा हुँदै आएको सांगीतिक जात्रा यस वर्षदेखि वर्षेनी गर्ने आयोजकले बताएको छ । कार्यक्रमको मूख्य प्रायोजन एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments