मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा “सेटलिङ अष्ट्रेलिया“ नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अष्ट्रेलिया आएका नयाँ विदेशी विद्यार्थीहरुको लागि मेलबर्नमा रहेको बिएमडब्लु एजुकेसन र रोमन पीटिइले कार्यक्रमको आयोजना गरेका हुन् ।

उक्त कार्यक्रममा अष्ट्रेलियाको संस्कृति, शिक्षा प्रणाली, सम्बन्ध विस्तार, जागिर खोज्ने तरिका आदि विषयमा रहेर अन्तरक्रिया गरिएको थियो । अष्ट्रेलिया आएका नयाँ विद्यार्थीहरुलाई यहाँको संस्कृति र वातावरणमा घुलमिल हुन सजिलो होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए ।

कार्यक्रममा सहभागी विद्यार्थी मध्येका विकास तिवारीले सो कार्यक्रमले आफूलाई अष्ट्रेलियाको विद्यार्थी जीवनबारे बुझ्न धेरै सहयोग गरेको बताए । अर्का सहभागी किरण भण्डारीले कार्यक्रमले आत्मविश्वास बढाईदिएकोमा खुशी व्यक्त गरे ।

त्यस्तै सहभागी विद्यार्थी सरिता पौडेलले कार्यक्रमले सम्बन्ध विस्तारमा सहयोग पुर्याएको र आत्मविश्वास बढाईदिएको बताईन् । सहभागी विद्यार्थीहरुले आयोजकलाई धन्यवाद दिंदै यस्ता कार्यक्रमहरुको निरन्तरताले विद्यार्थीहरुको लागि सहयोग र उर्जा मिल्ने बताए ।

कार्यक्रम आयोजक मध्येका बिष्णु सापकोटाले एक आपसमा सहयोगको भावना सहित अगाडि बढ्नुपर्ने बताउंदै विद्यार्थीहरुलाई कुनै पनि प्रकारको सहयोग गर्न आफूहरु तत्पर रहेको बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments