काठमाडौं । अस्ट्रेलियासँगको दोस्रो टेस्टमा भारत विजयी भएको छ । बैंग्लोरमा भएको खेलमा घरेलु टोली भारतले भ्रमण टोली अस्ट्रेलियालाई ७५ रनले हराएको हो ।

दोस्रो पारीमा जितका लागि एक सय ८८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले बुधबार सबै विकेट गुमाएर एक सय १२ रन बनायो । भारतले पहिलो पारीमा एक सय ८९ र दोस्रो पारीमा दुई सय ७४ रन बनाएको थियो ।

अस्ट्रेलियाले पहिलो पारीमा दुई सय ७६ रन बनाएकोमा दोस्रो पारीमा भारतीय बलर सामु अस्ट्रेलियन ब्याट्सम्यान टिक्न सकेनन् । भारतका रविचन्द्रन आश्विनले ४१ रन दिएर ६ विकेट लिए ।

पहिलो दुई दिन खेलमा अस्ट्रेलियाको पकड थियो । तर दोस्रो पारीमा भारतले राम्रो प्रदर्शन गरे । भारतले दोस्रो पारीमा दुई सय ७४ रन बनाएकोमा अस्ट्रेलियाका जोश हेजलवुडले ६७ रन दिएर ६ विकेट लिएका थिए ।

जितसँगै भारतले चार टेस्टको श्रृँखलामा १–१ को बराबरी गरेको छ । पहिलो टेस्टमा अस्ट्रेलिया तीन सय ३३ रनले विजयी भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments