सप्तरी । सप्तरीको राजविराजमा मङ्गलबार दिउँसो साँढे दुई बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

बन्दको आह्वान गरेका मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले अर्को आदेश जारी नभएसम्मका लागि प्रमुख बजार तथा चोकहरुमा कर्फ्यु आदेश जारी गरेको हो ।

राजविराजको पूर्वमा खाडो, पश्चिममा जमूनीको मिल, उत्तरमा राधाकृष्ण मन्दिर र दक्षिणमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पससम्म कफ्र्यु जारी गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैबीच राष्ट्रिय बाणिज्य बैंकको कार्यालय भवनमा मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेका छन् । पेट्रोल बम प्रहारपछि त्यस क्षेत्रमा ब्यापक रुपमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

त्यसैगरि भारदह स्थित कोशी व्यारेकमा रहेको सशस्त्र प्रहरीको चेकपोष्टमा पनि मोर्चाका कार्यकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments